दफा ४०
पुरस्कार तथा सुराकी खर्च
(१) कुनै करदाताले आफ्नो करको दायित्वको सम्पूर्ण वा केही अंश छलेको वा छल्न कोशिस गरेको प्रमाण सहितको सूचना दिने व्यक्तिलाई त्यस्तो सूचनाको आधारमा असुल उपर गरिएको करको रकममध्ये निजले पेश गरेको प्रमाणबाट निर्धारण भए जतिको कर रकमको बीस प्रतिशत बराबरको रकम महानिर्देशकको निर्णयले पुरस्कार स्वरुप दिन सकिनेछ ।
(२) पुरस्कार पाउने व्यक्ति एकभन्दा बढी भएमा पुरस्कारको रकम समानुपातिक रूपमा दिइनेछ ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि राजस्व चुहावटको सूचना दिने व्यक्तिलाई सूचनाको सत्यताको आधारमा विभागद्वारा निर्धारित कार्यविधि बमोजिम तत्काल दश हजार रुपैयाँसम्म सुराकी खर्च दिन सकिनेछ ।
(४) उपदफा (१) र् (३) बमोजिमको सूचना दिने व्यक्तिको नाम थर र वतन गोप्य राखिनेछ ।